Complete Blood Count (CBC)
सीबीसीलाई कम्प्लिट ब्लड काउन्ट पनि भनिन्छ; यो परीक्षणले तपाईको रगत निर्माण गर्ने रातो रक्तकोषहरू, सेतो रक्तकोषहरू र प्लेटलेट्सको गणना गर्दछ ।
ABO GROUP & RH TYPE
रगतको समूह छुट्याउन प्रयोग हुने आरएच टाइप र एबीओ ग्रुपिङ सामान्यतया गर्भावस्थाको समयमा भ्रूण र नवजात शिशुको हेमोलिटिक (रातो रक्तकोष टुक्रिने) रोग जोखिम मूल्यांकन गर्न गरिन्छ ।
ABSOLUTE EOSINOPHIL COUNT (AEC)
एओसिनोफिल सेतो रक्तकोषहरूको प्रकार हो, तपाईमा कुनै खास एलर्जी रोग, सङ्क्रमण र अन्य मेडिकल अवस्थाहरूमा यो सक्रिय हुने गर्दछ । एओसिनोफिलको गणनाले यस्तो अवस्थाको पूर्वनिदान गर्न मद्दत गर्नेछ ।
ABSOLUTE NEUTROPHIL COUNT (ANC)
न्युट्रोफिल्स सेतो रक्तकोषहरूको त्यो प्रकार हो जुन सङ्क्रमणसँग लड्न महत्वपूर्ण हुन्छ । एएनसी भनेको नै एब्सोल्युट न्युट्रोफिल काउन्ट हो, र न्युट्रोफिलको सङ्ख्या विभिन्न कारणले, रोग र उपचार समेत, सामान्यस्तरभन्दा कम हुन सक्छ ।
ACTIVATED PARTIAL THROMBOPLASTIN TIME (APTT - PTTK)
एक्टिभेटेड थर्मोबोप्लास्टिन टाइम (aPTT) पनि भनिने पार्सियल थर्मोबोप्लास्टिन टाइम (PTT) एउटा त्यस्तो जाँच परीक्षण हो जसले रगतको ढिक्काहरू उचित रुपमा निर्माण गर्न सक्ने व्यक्तिको क्षमता मूल्यांकन गर्न मद्दत गर्दछ ।
ADRENOCORTICOTROPIC HORMONE (ACTH) COMPLETE
एड्रेनोकोर्टिकोकोट्रोपिक हर्मोन भनी चिनिने एसीटीएच (ACTH) एउटा त्यस्तो हर्मोन हो जसले कोर्टिसोल भनेर चिनिने स्टेरोइड हर्मोन उत्पादनमा उत्प्रेरकको भूमिका खेल्छ । कोर्टिसोल एड्रिनल ग्रन्थीहरूबाट निर्माण हुन्छ जसले ग्लुकोज, प्रोटिन र लिपिड मेटाबोलिज्मको नियमन गर्न, प्रतिरक्षा प्रणालीको प्रतिक्रिया दबाउन, र रक्तचाप नियमित राख्न मद्दत गर्दछ । यो परीक्षणले रगतमा एसीटीएचको मात्रा मापन गर्दछ ।
ALANINE AMINOTRANSFERASE (SGPT/ ALT)
एलानिन एमिनोट्रान्सफरेज (एएलटी -ALT) अक्सर कलेजो र मृगौलाको कोषहरूमा पाइने इन्जाइम हो । सामान्यतया, रगतमा एएलटीको मात्रा थोरै रहेको हुन्छ । तर जब कलेजोमा खराबी देखिन्छ, यसले एएलटी निष्कासन गर्दछ र रगतमा यसको मात्रा बढ्दछ । यो परीक्षणले रगतमा एएलटीको मात्रा मापन गरी सुरु अवस्थामा नै कलेजो रोग पत्ता लगाउन उपयोगी भूमिका खेल्दछ ।
ALBUMIN
एल्बुमिन कलेजोबाट निर्माण हुने एक प्रोटिन हो । रगतमा हुने समग्र प्रोटिनमा यसको हिस्सा ६०% रहेको हुन्छ यसले र धेरै प्रकारको भूमिका खेल्छ । यो परीक्षणले रगतमा एल्बुमिनको मात्रा मापन गर्दछ ।
ALBUMIN (A) + GLOBULIN (G) + A/G RATIO
प्रोटिनहरू सबै कोष र तन्तुहरू निर्माण गर्ने महत्वपूर्ण तत्व हुन्, र शारीरिक वृद्धि, विकास र स्वास्थ्यको लागि अपरिहार्य छन् । यी अधिकांश अङ्गहरूको संरचनात्मक भाग हुन् र शरीरको क्रियाहरूलाई नियमित गर्ने इन्जाइम र हर्मोनहरू निर्माणमा भूमिका खेल्छन् । यो परीक्षणले तपाईको रगतमा प्रोटिनको मात्रा मापन गर्दछ ।
यो परीक्षणले एल्बुमिनको मात्रालाई ग्लोबुलिनसँग तुलना गर्दछ र यी दुईबीचको अनुपात (A/G रेसियो) गणना गर्दछ । यो अनुपातमा हुने परिवर्तनले तपाईको स्वास्थ्यकर्मीलाई प्रोटिनको मात्रामा परिवर्तन ल्याउने कारणको संकेत गर्दछ ।
ALKALINE PHOSPHATASE
अल्कालिन फोस्फेट (एएलपी - ALP) शरीरभरि रहेका विभिन्न तन्तुहरूमा पाइने एक इन्जाइम हो । एएलपीको धेरै मात्रा हड्डी र कलेजोमा रहने कोषहरूमा पाइन्छ । रगतमा एएलपीको वृद्धि ज्यादातर कलेजो वा हड्डीमा हुने रोगको कारण हुने गर्दछ । यस परीक्षणले रगतमा रहेको एएलपीको मात्रा मापन गर्दछ ।
ALPHA FETOPROTEIN / LIVER CANCER MONITOR
अल्फा-फोटोप्रोटिन (एएफपी -AFP) मुख्यतया गर्भभित्र बढ्दै गरेका बच्चाहरूमा कलेजोले उत्पादन गर्ने प्रोटिन हो । सामान्यतया बच्चा जन्मदा एएफपीको मात्रा बढ्दछ र त्यसपछि तीव्र गतिमा झर्दछ । कलेजोमा हुने क्षति र केही निश्चित क्यान्सरहरूले एएफपीको मात्रा उल्लेख्य रुपमा बढाउन सक्छ । यो परीक्षणले रगतमा एएफपीको मात्रा मापन गर्दछ ।
ANTI - CYCLIC CITRULLINATED PEPTIDE ANTIBODIES (ACCP)
साइक्लिक सिट्रलिनेटेड पेप्टाइड (सीसीपी-CCP) एन्टीबडीहरू प्रतिरक्षा प्रणालीले विकास गर्ने ती अटोएन्टीबडीहरू हुन् जुन सीसीपी विरुद्ध निर्देशित हुन्छन् । यो परीक्षणले रगतमा रहेको एन्टी-सीसीपी एन्टीबडीहरूको पहिचान र मापन गर्दछ ।
ASPARTATE AMINOTRANSFERASE (SGOT/AST)
एस्पारटेट एमिनोट्रान्सफरेज (एएसटी -AST) शरीरभरिका कोषहरूमा पाइने एक इन्जाइम हो । यो इन्जाइम धेरैजसो मुटु र कलेजोमा पाइन्छ, र थोरै मात्रामा मृगौला र मांसपेशीहरूमा पनि पाइन्छ । स्वस्थ मानिसहरूको रगतमा एएसटीको मात्रा न्यून हुन्छ । जब कलेजो वा मांसपेशीहरू कोषहरूमा क्षति/चोट पुग्दछ, तिनीहरूले एएसटी रगतमा निष्कासन गर्दछन् । कलेजो क्षतिको अवस्था पहिचान गर्न वा निगरानी गर्नको लागि यो एक उपयोगी परीक्षण हो ।
BETA HUMAN CHORIONIC GONADOTROPIN (BETA hCG)
हुमन क्लोरिओनिक गोनाडोट्रोपिन (एचसीजी- hCG) गर्भवती महिलाभित्र सालनालबाट उत्पादन हुने एक हर्मोन हो । गर्भावस्थाको सुरुमा, रगतमा एचसीजीको मात्रा बढ्दछ र पिसाबबाट निस्कन्छ l गर्भ परीक्षणबाट रगत वा पिसाबमा एचसीजी पहिचान गर्न सकिन्छ र यसले गर्भ रहे नरहेको पुष्टि गर्दछ ।
BILIRUBIN (DIRECT, conjugated)
बिलिरुबिन एउटा सुन्तला-पहेंलो रङको पिगमेन्ट हो, यो एउटा फोहोर पदार्थ हो जुन मुख्यतया रक्तकण (Heme) को सामान्य टुक्राइबाट बन्दछ l रक्तकण हेमोग्लोबिनको एउटा भाग हो जुन रातो रक्तकोषहरूमा पाइन्छ l बिलिरुबिन अन्ततः कलेजोबाट प्रशोधन हुँदै शरीरबाट निष्कासन हुन्छ l यो परीक्षणले एउटा व्यक्तिको कलेजोको क्रियाशीलता निर्धारण गर्न वा रक्तअल्पता निदान गर्न रगतमा रहेको बिलिरुबिनको मात्रा मापन गर्दछ l